You are viewing the translated version of सूचीकृत हुनु पर्ने.

Rule 13
सूचीकृत हुनु पर्ने
: (१) नियम १४ बमोजिम सूचीकृत नभएको कुनै पनि स्वास्थ्य संस्थाले गर्भपतन सेवा सञ्चालन गर्न पाउने छैन ।
(२) ऐन बमोजिमको सुरक्षित गर्भपतन सेवा सञ्चालन गर्न पाउने गरी प्रचलित कानून बमोजिम इजाजतपत्र प्राप्त स्वास्थ्य संस्था वा सुरक्षित गर्भपतन सेवा उपलब्ध गराउन इजाजतपत्र प्राप्त स्वास्थ्यकर्मी मात्र नियम १४ बमोजिम सूचीकृत हुन सक्ने छन्‌ ।